पत्रकार सिद्धाउने भन्दै शेर्पाले फोटो खिचेरलगे

काठमाडौं, ७ जेठ । नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले सम्पूर्ण पत्रकारलाई ठेगान लगाउने धम्की दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा शेर्पाले पत्रकार महासंघलाई बाहुन पत्रकार महासंघ भन्दै पत्रकारहरुको चर्को बिरोध गरे । उनले आदिवासी जनजाति विरुद्ध पत्रकार महासंघले जुलुस निकाले ठेगान लगाउने चेतावनी दिए ।
शेर्पाको अभिब्यक्तिप्रति पत्रकारहरुले आपत्ति प्रकट गरेपछि केही समय रिपोर्टर्स क्लवमा तनाव भएको थियो । उनको समाचार बहिस्कार गर्ने बताए पछि शेर्पाले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई औला ठड्याउँदै भने, ‘तलाई छाड्दिन सकिदिन्छु ।’
महासंघका महासचिव शेर्पाले रिपोर्टर्स क्लवको साक्षात्कारमा उपस्थित अन्य पत्रकारहरुको आफ्नो मोवाईलबाट फोटो खिच्दै सबैलाई ठेगान लगाउने चेतावनी समेत दिएका छन् ।
पत्रकारहरुलाई धम्की दिदै उनी क्लबबाट बाहिरिएका थिए । क्लबमा तनाव भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
उनले अखण्ड सुदूरपश्चिम र बाहुन क्षेत्रीको आन्दोलनलाई मिडियाले प्राथमिकता दिएको र तर आफूहरुको मागका विषयलाई उपेक्षा गरेको भन्दै पत्रकार र पत्रकार महासंघलाई ब्राहमण नेपाल पत्रकार महासंघ भनेर नामाकरण गरेका थिए ।
तनाव भएपनि आदिवासी जनजाति संयूक्त संघर्ष समितिका सचिवालय संयोजक पर्शुराम तामाङले शेर्पाको व्यवहार र अभिब्यक्तिप्रति दुःख ब्यक्तगर्दै क्षमा याचना गरेका छन् ।
तामाङले आन्दोलनकारीहरुलाई प्रेस, मानवअधिकारवादी, पर्यटक, एम्बुलेन्स, दुध, तरकारीका गाडीमा आक्रमण नगर्न आग्रह समेत गरेका छन ।
महासचिव शेर्पाका कारण क्लबको साक्षात्कार कक्षको माईक्रोफोन, पोड्रियममा समेतमा क्षती पुगेको छ ।

प्रतिक्रिया