‘संविधानसभा बैठक स्थगित’

काठमाडौं, २१ वैशाख । संविधानसभा वैठक आजपनि सूचना टाँस गरेर स्थगित भएको छ ।
प्रमुख दलहरुका वीच बिवादित विषयमा सहमति हुन नसकेपछि ती विषयलाई संविधानसभाबाट टुङगो लगाउने तयारी भएको थियो । संविधानसभा बैठक यस अघि तीन पटक सूचना टाँस गरेर स्थगित भईसकेको छ ।
शुक्रबार अपरान्ह तीन बजे बस्ने संविधानसभा बैठकमा बिवादित विषयहरुमा मतदान हुने बुझिएको छ । पछिल्लो पटक बसेको संविधानसभाले आफ्नो आफ्नो नियमावली मात्रै परिवर्त गरेको थियो ।

प्रतिक्रिया