दाङमा ३१ दिन बन्द र चक्काजाम

दाङ, २७ चैत । दाङमा ०६८ सालमा ३१ दिन अर्थात् एक महिना बन्द र चक्काजाम भएका छन् । विभिन्न जातीय संगठन, राजनीतिक दल र तीनका भ्रातृ संगठनले विभिन्न बहानामा बन्द गरेका हुन् । बन्दकर्ताले बन्द गर्नुका कारण व्यक्ति हत्या, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र १४ जेठमा शान्ति र संविधानको घोषणा बनाएका थिए । चितवनमा नेपाल तरुण दलका कार्यकर्ता तथा कालीकोटमा एक दलितको हत्याको विरोधमा पनि दाङ बन्द गरिएको थियो ।
वैशाखमा नेवा राष्ट्रिय परिषद्, क्षेत्री समाज नेपाल, थारू कल्याणकारिणी सभाले चार दिन बन्द गरे । जेठमा पिछडा वर्ग नेपाल, मातृका यादवले नेतृत्व गरेको नेकपा (माओवादी) र विश्व हिन्दु महासंघले अरू चार दिन बन्द गरेका थिए । त्यस्तै, असारमा थारूहट स्वायत्त परिषद्ले एक दिन बन्द गरेको थियो ।
यस्तै, भदौमा नेपाल यातायात व्यवसायी महासंघ, थारूहट तराई पार्टी (लक्ष्मण समूह), नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुले पाच दिन बन्द गरेका थिए । मंसिरमा विभिन्न सात दल र तरुण दलले पाच दिन बन्द गरे भने पुसमा तरुण दल, नेपाली कांग्रेस, राष्ट्रिय दलित मुक्ति मोर्चा, बहिर्गमित माओवादी लडाकुले पा“च दिन बन्द आह्वान गरे ।
माघमा जिल्ला युवा सञ्जाल र विभिन्न विद्यार्थी संगठनले दुई दिन बन्द गरेका थिए । फागुनमा बहिर्गमित एमाओवादी लडाकु र राष्ट्रिय जनमोर्चाले तीन दिन बन्द गरे । चैतमा बरघर भलभत्सा महटवा महासंघ र युवा मोर्चा नेपालले दुई दिन बन्द गरे । साउन, असोज र कात्तिकमा भने दाङका नागरिकले बन्दको तनाव भोग्नुपरेन ।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष मधुसुदन वैद्य एक दिन बन्द हु“दा सात करोड रुपिया“सम्म क्षति हुने बताउ“छन् । एसपी गणेशबहादुर ऐर भन्छन्, ‘अन्य दिनको तुलनामा बन्दका दिन जोखिम बढी नै हुन्थ्यो र शान्तिसुरक्षा नियन्त्रणमा राख्न कठिन हुन्थ्यो ।’

प्रतिक्रिया