शीर्ष बैठक निष्कर्ष बिहिन

काठमाडौं, १६ वैशाख । राज्य पुनर्संरचना र शासकीय स्वरुपका बारेमा छलफल गर्न बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
राजधानीमा आज बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा बिवादित बिषयमा सहमतिको प्रयास गरिएको नेताहरुले बताएका छन् । राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सकारात्मक छलफल भएको एमाले नेता भीम रावलले बताए । उनले भने, ‘छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, एक, दुई दिनमा निकास आउछ ।’
शीर्ष बैठकले संवैधानिक समितिसँग सहमतिका लागि प्रयास जारी रहेको भन्दै केही पुनः केही दिनको समय समेत माग गरेको छ । बैठक पुनः आजै बस्ने गरेर स्थगित भएको हो ।
एमाओवादी र कांग्रेसले राज्य पुनर्संरचनाका बिषयमा नयाँ प्रस्ताव ल्याएपछि दलहरुका वीच त्यस बिषयमा छलफल हुँदै आएको छ । एमाओवादीले दस र कांग्रेसले सात संघीय प्रदेशको प्रस्ताव ल्याएका छन् ।
मधेसी मोर्चाले एक मधेस प्रदेशको माग गरेको छ भने एमाले आफ्नो तर्फबाट पनि नयाँ प्रस्ताव ल्याउने जनाएको छ ।
दलहरुले नयाँ संविधानका बिवादित बिषयमा राजनीतिक सहमति जुटाउने भन्दै संवैधानिक समिति मार्फत पटक पटक समय समेत लिईसकेका छन् ।

प्रतिक्रिया