पुनर्संरचना र शासकीय स्वरुपमा कुरा मिलेन


काठमाडौं, ११ वैशाख । संविधानका बिवादित विषयमा सहमति खोज्न बसेको एकीकृत माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मार्चाको बैठक बिनाकुनै निष्कर्ष सक्किएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बेलुका अबेरसम्म बसेको शीर्ष बैठकमा राज्य पुनर्संरचना र शासकीय स्वरुपका बारेमा छलफल भएपनि ठोस निर्णय हुने नसकेको एमाले नेता भीम रावलले बताए । उनले भने, ‘राज्य पुनर्संरचना र शासकीय स्वरुपमा ठोस सहमति हुन सकेन, भोलि (मंगलबार) पुनः छलफल हुने छ ।’
यस अघि बिहान बसेको शीर्ष बैठकबाट न्यायप्रणाली, निर्वाचन पद्धति, नागरिकता लगायतका बिषयमा सहमति जुटाएका उनीहरुको बेलुका बसेको बैठकमा भने राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति जुटाउन असफल भएका हुन् ।
राज्य पुनर्संरचना गर्दा जातीय राज्य र संघको संख्याका बिषयमा दलहरुका बीच धेरै बिवाद देखिएको छ । त्यसै गरेर शासकीय स्वरुपमा पनि दलहरु आआफ्नै अडानमा छन् । बैठक मंगलबार पुनः बस्ने भएको छ ।

प्रतिक्रिया