समायोजन रोज्ने ३,१२९

काठमाडौं, ७ वैशाख । लडाकुको आक्रोश थाम्न नसकेर हतारमा सेनालाई शिविर बुझाउने निर्णयमा पुगेको एकीकृत नेकपा (माओवादी)ले सहमतिको आधा लडाकु पनि सेनामा पठाउन सकेन । आङ्खना १५ हजार लडाकुलाई सेनामा समायोजन गर्नुपर्ने बखेडा राख्दै आएको माओवादीले दलहरूसग ६ हजार पा“च सय लडाकु समायोजनको सहमति गरे पनि सातवटा डिभिजनका तीन हजार एक सय २९ लडाकुमात्र सेनामा जान इच्छुक देखिएका छन् ।
बिहीबार सकिएको लडाकु पुनर्वर्गीकरणमा अधिकांश लडाकु स्वैच्छिक अवकाश रोजेर घर फर्किएका छन् । हतारमा सेनालाई शिविर जिम्मा लगाएपछि अपमान महसुस गरेका लडाकुले पुनर्वर्गीकरणका क्रममा भएको मापदण्डमा उस्तै कडाइ महसुस गरेका थिए । उसो त शिविरमा कमान्डर भएकालाई सेनाका जवानले पनि अपमान गरेपछि अवकाश रोज्नेको ताती नै थियो ।
लडाकुको पुनर्वर्गीकरण्का लागि खटिएको सेना समायोजन विशेष समितिअन्तर्गतको सचिवालयका अनुसार शिविरका नौ हजार सात सय १० लडाकुमध्ये ६ हजार पाच सय ७४ लडाकुले स्वैच्छिक अवकाश रोज्दै शिविर छाडेका छन् । सातवटा डिभिजनका शिविरमा तीन हजार एक सय २९ लडाकु मात्र बाकी छन् । विशेष समिति सचिवालयका सहसचिव मधुविलास पण्डितले ६ हजार पाच सय ७४ लडाकुले चेक बुझेर घर गएको बताए ।
हाम्रा सेती सहकर्मी दीपक ओलीका अनुसार, कैलालीस्थित सातौ डिभिजनका कमान्डर सन्तु दराईसहित तीन सय १९ ले समायोजन रोजेका छन् । मुख्यालय र सहायक शिविरमा रहेका एक हजार सात सय ६२ मध्ये एक हजार चार सय ४३ ले अवकाश रोजेसगै बिहीबारबाट लडाकु पुनर्वर्गीकरण पनि सकिएको छ ।
समायोजन रोज्नेमा दराईसगै ब्रिगेड कमान्डरहरु प्रचारबहादुर शाही, नन्दराम साउद, देव बोहरा, मीन बटाला, प्रेम कटवाल, देवेन्द्र पुन छन् । शिविरमा रहेका ९९ महिला लडाकुमध्ये १२ ले मात्र समायोजन रोजेका छन् । सातौ डिभिजन मुख्यालय तालबन्द तथा सहायक शिविरहरू लोकेश स्मृति ब्रिगेड गोरंगे र लिस्नेगाम स्मृति ब्रिगेड बडैपुरमा रहेका तीन हजार एक सय ३१ लडाकुमध्ये पहिलो वर्गीकरणमा एक हजार सात सय ६२ लडाकुले समायोजन रोजेका थिए ।

गाडी लैजान पाएनन् कमान्डरले
सुर्खेत, ७ वैशाख । लडाकुबाट उठाइएको नगद र शिविरका भौतिक सम्पत्ति कब्जा गर्ने माओवादी कमान्डरहरूले एउटा गाडी लैजान गरेको प्रयास असफल भएको छ ।
बहिर्गमित लडाकुले १० चैतमा नियन्त्रणमा लिएको बा ००१ अ ८९ नम्बरको गाडी सुर्खेत प्रहरीमै अलपत्र परेको छ । गाडीको साचो पूर्वलडाकुले राखेका छन् । छैटौ डिभिजनले तीन साताअघि नै गाडी मागेपछि सुर्खेत प्रशासनले पनि गाडी फिर्ता गर्न प्रहरीलाई पत्र लेखेको थियो । तर, गाडीको साचो लिएका पूर्वलडाकु काठमाडौंमा भएका कारण गाडी डिभिजनका कमान्डरको हात परेको थिएन ।
सेना समायोजन विशेष समितिले गत २८ चैतमा लडाकु शिविर र शिविरका सम्पूर्ण भौतिक संरचनाको जिम्मा सेनालाई दिएपछि कमान्डरहरूको गाडी लिने प्रयास असफल भएको हो । एसपी गोविन्दराम परियारले गाडी सेना समायोजन विशेष समितिलाई बुझाइने बताए । यस्तै, बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष राजु गहतराजले आफूहरू आन्दोलनमा रहेकाले आन्दोलन नसकिदासम्म साचो फिर्ता नदिइने बताए ।

प्रतिक्रिया