महानगरपालिकाले छानबिन गर्ने

काठमाडौं, ७ वैशाख । स्वीकृत नक्साविपरीत सिभिल ट्रेड सेन्टरले ११ तलाको भवन बनाएपछि काठमाडौं महानगरपालिकाले त्यसबारे अनुसन्धान गर्ने भएको छ ।
सेन्टरले गैरकानुनी रूपमा भवन बनाएको समाचार सौर्य दैनिकले प्रकाशन गरेपछि महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले बिहीबार महानगरपालिकाका वरिष्ठ अधिकारीहरूसग यस विषयमा छलफलसमेत गरेका छन् । शुक्रबार पनि यस विषयमा छलफल गरिनेछ । छलफलपछि टोली तयार गरी अनुसन्धान सुरु हुनेछ ।
स्रोतका अनुसार केही दिनभित्रै प्राविधिकहरूको टोली बनाएर छानबिन गरिनेछ । त्यसका लागि कार्यकारी अधिकृतले आन्तरिक गृहकार्य गरिरहेको स्रोतले जानकारी गराएको छ ।
काठमाडौं महानगरपालिकाको मुख्य कार्यालयनजिकै निर्माणाधीन सेन्टरले नगर विकास समितिसग पनि भवन बनाउनेबारे स्वीकृत लिएको थिएन । नगर विकास समितिले स्वीकृति नै नदिई नक्सापास हुनु र स्वीकृत नक्साविपरीत भवन बन्नु त्रुटिपूर्ण भएको ठहर गर्दै महानगरपालिकाले सेन्टरको प्राविधिक विषयमा छानबिन गर्ने भएको हो ।
स्रोतका अनुसार महानगरपालिका नक्सा शाखाका प्रमुख उत्तरकुमार रेग्मीको संयोजकत्वमा यसअघि बनेको समितिले तयार पारेको प्रतिवेदन र छलफलपछि बनाइने टोलीले बुझाउने प्रतिवेदन दुवैको अध्ययन गरी आवश्यक कारबाही गरिने भएको छ ।
महानगरपालिका स्रोतका अनुसार छानबिनका लागि बाहिरका विशेषज्ञको टोली खटाउदा आर्थिक भार पर्ने भएकाले आºनै प्राविधिक कर्मचारीलाई नै सेन्टरको अध्ययनका लागि खटाउने तयारी कार्यकारी अधिकृतले गरेका छन् । ‘महानगरपालिकासग बजेट नभएकाले बाहिरबाट विशेषज्ञ ल्याउनुभन्दा आºनै कर्मचारीबाट छानबिन गराउन लाग्नुभएको हो,’ स्रोतले भन्यो ।
महानगरपालिकाले अबदेखि नक्सा स्वीकृत गर्दा छानबिनका लागि पनि छुट्टै शुल्क तोक्ने तयारी गरेको कार्यकारी अधिकृत अधिकारीले बताए । ‘आज (बिहीबार) कर्मचारीहरूबीच सहमति भयो, अब बोर्ड बैठकबाट पास गराउने तयारी छ,’ कार्यकारी अधिकृत अधिकारीले भने ।
फाइल अझै पुगेन
महानगरपालिकाले तीन दिनअघि काठमाडौं उपत्यका नगर विकास समिति (काठमाडौं उपत्यका विकास प्राधिकरण)लाई सिभिल ट्रेड सेन्टरको विषयमा पठाएको भनिएको फाइल बिहीबार पनि पुगेन ।
कार्यकारी अधिकृत अधिकारीले बारम्बार फाइल माग गर्दासमेत देखाउन नमानेका महानगरपालिकाका कर्मचारीले फाइल समितिमा पठाइएको भनेर झुक्याउदै आएका थिए । समितिका पूर्वनियोजक डा. भाइकाजी तिवारीले महानगरपालिकाबाट सिभिल सेन्टरको फाइल समितिमा नआएको बताए । ‘हालसम्म आएको छैन,’ उनले बिहीबार सौर्यसग भने ।
मन्त्रालयले निर्देशन दिने
सिभिल ट्रेड सेन्टरले स्वीकृत नक्साविपरीत भवन बनाएकोबारे स्थानीय विकास मन्त्रालयले महानगरपालिकालाई कानुनविपरीत भए नभएको स्पष्ट पार्न निर्देशन दिने भएको छ ।
मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले कानुनविपरीत भए तुरुन्त कानुनबमोजिम गर्न महानगरपालिकालाई निर्देशन दिइने बताए । बिहीबार साझ सौर्यसग थपलियाले सेन्टरबारे शुक्रबार नै निर्देशन दिइने बताए ।

प्रतिक्रिया