‘दाहाल र भट्टराई माओवादीका गद्दार’

कैलाली, ७ वैशाख । एकीकृत माओवादीका स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराईलाई गद्दार भएको आरोप लगाएका छन् ।

रिपोर्टस क्लव नेपाल कैलाली शाखाले आज लम्कीमा आयोजना गरेको साक्षात्कारमा नेता चन्दले संघीयता र संविधान माथि हाल खेलवाड भइरहेको बताए । उनले षड्यन्त्र बिरुद्ध जनमुक्ती सेनाले बिरोधमा बिद्रोह सुरु गरिसकेको बताए ।

दाहाल र भट्टराईले जनचाहाना बमोजिमको संविधान बनाउन लाग्नु भन्दापनि दक्षिणपन्थी धारमा लागेका कारण जनमुक्ती सेनाले बाध्य भएर पुनः बिद्रोह सुरु गरेको नेता चन्दको भनाई थियो ।

चन्दले कुनै मापदण्ड र ठोस निर्णय बिनै छापामार शैलीमा रातारात जनमुक्ती सेनाको शिविरमा नेपाली सेना पठाएर दाहाल र भट्टराईले क्रान्तिकारी नेपाली जनताप्रति गम्भीर विश्वाशघात गरेको बताए । उनले भने, ‘दाहाल र भट्टराईले शहीद, नेपाली जनता तथा कार्यकर्ताको भावना विपरित काम गरी गद्दारी गरेका छन्, कुनै समय ठूलो मूल्य चुकाउनु पर्ने छ ।’

प्रतिक्रिया