‘कुरा मिलेन, दाहाल–कोइराला अनुपस्थित’

काठमाडौं, ६ वैशाख । संविधानका बिवादित बिषय र बिभिन्न आयोगहरुका बारेमा छलफल गर्न बसेको एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक ठोस निर्णय बिनै स्थगित भएको छ ।

सिंहदरबारमा आज बसेको तीन दलको बैठकमा कांग्रेस र एमाओवादीका शीर्ष नेताहरु अनुपस्थित भएपछि ठोस निर्णय हुन नसकेको हो । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता खोजबिन आयोग बनाउने बिषयमा छलफल भएको एमाओवादीका नेता खिमलाल देबकोटाले जानकारी दिए । उनले भने, ‘दुई वटा आयोगहरु बनाउने बिषयमा छलफल भएपनि अन्तिम निर्णय भने छैन ।’

आयोगहरु बनाउन र संविधानका बिवादित बिषयमा सहमति खोज्न पुनः शीर्ष नेताहरुको अर्को बैठक बस्ने भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले अन्तरिम संविधानको धारा सत्तरी संशोधन गर्ने सहमति भएको बताए । उनले धारा सत्तरी संशोधन गरेर छोटो माध्यमबाट संविधान जारी गर्ने बताए ।

उनले भने, ‘अन्तरिम संविधान संशोधनका लागि अब तयारी र्छौं ।’ धारा ७० संशोधन गरेर लामो प्रक्रियालाई छोटो बनाईने छ । धारा ७० संशोधनका लागि सर्वदलीय बैठकले अनुमती प्रदान गरिसकेको छ ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमद दाहाल र कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित रहेका थिए । पार्टी कार्यक्रममा सहभागी हुन दुबै नेता राजधानी बाहिर गएका छन् ।

प्रतिक्रिया