जातीय संघीयताको माग गर्दै धर्ना

काठमाडौं, ४ चैत । जातीय पहिचान सहितको संघीयता माग गर्दै आदिवासी जनजाति महासंघले मधेसी मोर्चा सहित प्रमुख दलको बैठक बसिरहेको स्थान नजिकै धर्ना दिएका छन् ।

दलबल सहित पुगेका आदिवासी जनजातिका धर्नाकारीले जातीय पहिचना सहितको संघीयता दिनुपर्ने, राज्यको संख्या कम गर्न नपाईने लगायतका माग राखेका छन् । धर्नामा जाने क्रममा प्रहरीले बल्खु नजिक एक दर्जन आदिवासी जनजातिका प्रतिनिधिलाई पक्राउ गरेको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिए ।

त्यस क्रममा धर्नामा हिडेका र प्रहरीवीच केही समय धक्काधक्की भएको कालिमाटी प्रहरीले जनाएको छ । धर्ना बेलुका चार बजे सम्म रहने लेखीले बताए । उनीहरुले संघीयताका बिरुद्ध निर्णय भए त्यसको बिरोध गर्ने समेत जनाएका छन् ।
हात्ती वन रिसोर्ट प्रवेश गर्ने मुल गेट नजिकै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा धर्ना दिएका हुन् । रिसोर्टमा मधेसी मोर्चा सहित एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

प्रतिक्रिया