सुरुङभित्रको जिन्दगी

दार्चुला, १७ चैत । चारैतिर अध्यारो । धुलो–धुवा । मेसिन र बम विस्फोटको भयानक आवाज । अक्सिजनको भेन्टिलेसन बिग्रिए ज्यानै जाने डर । सुरुङभित्रको दैनिकी कम्ती त्रासदीपूर्ण छैन ।

दार्चुलास्थित चमेलिया जलविद्युत् आयोजनाका लागि सुरुङ निर्माण गरिरहेकाहरू अधिकांश समय बाहिरी संसारको उज्यालो देख्न पाउ“दैनन् । डर–त्रास सहेर पनि अहोरात्र जुटिरहेका छन्, आयोजनालाई पूर्णता दिन ।
सुदूरपश्चिमको एक मात्र निर्माणाधीन जलविद्युत् आयोजना हो यो । ‘सुरुङभित्रका दुःख कति छन्, कति । बा“चिन्न कि भन्ने त्रास मनभित्र रहिरहन्छ सधैभरि,’ तीन वर्षदेखि चमेलियाको सुरुङ निर्माणमा सक्रिय बैतडीका प्रदीप बोहराले सुनाए, ‘घरपरिवार पाल्नुपर्ने बाध्यताले अध्यारोभित्रै बिहानदेखि बेलुकासम्म निरन्तर काम गर्दाको पीडा सहनुपरेको छ ।’
बैतडीको डिलासैनीका मानबहादुर धामीले काम गर्दागर्दै जेनेरेटर बिग्रियो भने अक्सिजन नपाएर ज्यानै जान सक्ने बताए । ‘न सुरुङभित्र मोबाइल चल्छ न बाहिरी कुनै सम्पर्क हुन्छ, जताततै अन्धकार छ । गुहार मागेर पनि सुन्ने कोही हुदैन ।’
सुरुङ निर्माण सुरु गर्दा केही बाहिरी संसार देखिन्थ्यो । अहिले आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । अन्तिम चरणमा सुरुङको प्रवेशद्वारभन्दा धेरै भित्र पुगेर मजदुरी गर्नुपर्ने अवस्था छ । ‘जिन्दगी नै अध्यारो भएको छ तर काम त गर्नैप¥यो नि †’ बैतडीका सुरेन्द्रप्रसाद जोशी, धनगढीका कुमार लामा र रुकुमका रवि मगरले एकै स्वरमा भने, ‘खतरा मोल्नुको विकल्प छैन, मोलिरहेका छौ ।’
आयोजना प्रमुख गोपालबाबु भट्टराईका अनुसार करिब सात किलोमिटर लामो सुरुङको ५० मिटर मात्र काम बाकी छ । सुरुङभित्र बम ब्लास्टिङ, ढुंगा खन्ने, डन्डी बाध्नेलगायत सम्पूर्ण काममा मजदुर खटिन्छन् । यस आयोजनामा सुरुङभित्र करिब डेढ सयभन्दा बढीले काम गर्छन् । उनीहरूसगै चिनिया नागरिक पनि छन् । दिनको एकपटक खाना खान बाहिर आउनेबाहेकको समय उनीहरूको सुरुङभित्रै बित्छ । बिजुलीको धिपधिपे बत्ती उज्यालोको एक मात्र स्रोत हो ।
सुरुङभित्रको बाफ र कडा मिहिनेतले उनीहरू पसिनाले निथु्रक्क भिजेका हुन्छन् । काम गर्न सुरु गर्दा मरिन्छ भन्ने लागे पनि बिस्तारै बानी परेको उनीहरू बताउ“छन् । ‘एकपटक सुरुङको काम गरेकाले फेरि गर्दैनन्, यो काम यति खतरापूर्ण छ कि हरेक समय ‘काल’ वरिपरि घुमिरहेको महसुस हुन्छ,’ ०३७ सालदेखि विभिन्न आयोजनाको सुरुङभित्र डिलरको काम गर्दै आएका चितवन कल्याणपुरका कृष्ण अर्यालले भने । यही काम गर्ने क्रममा उनका दुई औलासमेत गुमेका छन् ।
केही महिनाअघि एकजनाको सुरुङभित्रै काम गर्ने क्रममा निधन भएको थियो । केही वर्षअघि नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक सदस्य मुकेश काºले निरीक्षणका क्रममा सुरुङभित्र पुग्दा भएको बम विस्फोटको खतराबाट बचेर बाहिर आउन सफल भएका थिए । बाहिरबाट निरीक्षण आउनेबारे थाहा नभएकाले सुरुङभित्र विस्फोट हुदा उनीहरू नजिक पुगेका थिए ।
सुरुङ निर्माणमा सक्रिय हुदा घाउ, चोट लाग्नु त सामान्य नै हो । बम विस्फोट र मेसिनको आवाजले कान नसुन्ने समस्या पनि देखिने गरेको छ । धुलो, धुवाको कारण आ“खा दुख्ने, खोकी लाग्नेलगायत समस्या देखिने गरेको अनुभव यहा कार्यरत चिकित्सक सीमा चौधरीको छ । ‘खोकी र आ“खाको समस्या लिएर दैनिक ८, ९ जना बिरामी आउने गरेका छन्,’ उनले भनिन् । सुरुङभित्र बेला–बेलामा इन्जिनियर पनि बिरामी हुने गरेको आयोजनाका परामर्शदाता डा. सञ्जीव शाहले बताए ।
नेपाल विद्युत् प्राधिकरणले सुरुङभित्रको खतरालाई ध्यानमा राखी सुरक्षित रूपमा काम गर्ने वातावरणका लागि आयोजना र ठेकेदारलाई निर्देशन दिएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्त सुरक्षित तरिकाले सुरुङभित्र काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित पक्षलाई भनिएको बताउ“छन् । ‘सुरुङभित्र हुन सक्ने सबै समस्यालाई दृष्टिगत गरी त्यसको समाधानका लागि सक्रिय हुन आयोजना र ठेकेदार कम्पनीलाई भनेका छौ,’ उनले भने ।
सुरुङभित्र काम गरेर बाहिर निस्कदा भूतजस्तो रूप हुने कामदार सुनाउछन् । अनुहार तथा शरीरभरि धुलो र हिलो पोतिएर बाहिर निस्कदा उनीहरू घना जंगलबाट बाहिर निस्केजस्तो महसुस गर्छन् । आगामी मेभित्र चमेलियाको सुरुङ निर्माण सकिन्छ । त्यसपछि बेरोजगार हुनुपर्ने पीडाले पनि कामदारलाई सताएको छ ।
‘ठूलो कष्टसाथ सुरुङभित्र काम गरिरहेका छौ“, तर यहाको निर्माण सकिएपछि उही बेरोजगार बस्नुपर्ने चिन्ता छ, हाम्रो भविष्य अन्योलमा छ,’ रुकुमका मगरले भने । सुरुङ निरीक्षण गर्न पुगेका ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले सुरुङभित्रको संघर्ष र दुःख मर्मस्पर्शी भएको बताए । ‘यति धेरै कष्ट सहेर विद्युत् आयोजनाको सुरुङ बनाइरहेका उनीहरूको अवस्था साह्रै मर्मस्पर्शी रहेछ,’ उनले थपे, ‘आफ्नो ज्यान हत्केलामा राखेर उनीहरू अरूलाई उज्यालो बनाउने अभियानमा सक्रिय छन्, त्यो संघर्षको कदर गर्नैपर्छ ।’
आयोजना प्रमुख भट्टराईका अनुसार अहिले सुरुङ निर्माण क्रममा माथिबाट खस्ने, दाया–बाया भासिनेलगायत समस्या आइलागेकाले ढिलाइ भइरहेको छ । ‘कमजोर भौगोलिक अवस्थाले गर्दा केही ढिलाइ भयो,’ उनले भने ।
सन् २००७ देखि सुरु भएको निर्माणकार्य फेब्रुअरीभित्र सिध्याउने लक्ष्य राखिएको थियो तर पूरा हुन सकेको छैन । आगामी मेभित्र सुरुङ निर्माण सिध्याउने लक्ष्य छ । कमजोर भौगोलिक कारणले गर्दा दैनिक एक मिटर मात्र सुरुङ खन्न सकिएको आयोजनाले जनाएको छ ।
दार्चुलाको शिखर गाविस–४ मा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना ३० किलोवाट क्षमताको हो । राजधानी काठमाडौंबाट हजार किलोमिटर टाढा रहेको आयोजनामा सुरुङ निर्माणसगै बाध र विद्युत्गृह निर्माणकार्य पनि अघि बढेको छ । आयोजना सन् २०१३ अगस्टमा सिध्याउने लक्ष्य राखिएको छ । अन्य पूर्वाधारभन्दा सुरुङ निर्माणको काम सबैभन्दा बढी जोखिमयुक्त हुने गरेको अनुभव धेरैको छ ।

प्रतिक्रिया