आत्मसमर्पण गरे गुप्ताले


काठमाडौं, ९ फागुन । सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले आत्म समर्पण गरेका छन् । उनले सर्वोच्च अदालतमा आत्म समर्पण गरेका हुन् ।
डेढ बर्ष कैद सजाय पाएका गुप्तालाई सर्वोच्च अदालतले आज कैद सजाय  गरेको हो । सञ्चारकर्मीसँग कुरागर्दै गुप्ताले आफूले सर्वोच्चको फैसलालाई मान्ने भन्दै राज्यप्रति असन्तुष्टि जनाएका छन् । उनले मधेसको अधिकारका लागि आफूले लडाई गरेको भन्दै राज्यका हरेक निकाय मधेसप्रति सकारात्मक नरहेको आरोप लगाए ।गुप्तालाई डिल्लीबजार कारारागार चलान गरिएको छ । डिल्लीबजार कारागारमा पूर्वमन्त्री चिरन्जीवि वाग्लेले भ्रष्टाचारको अभियोगमा सजाय काटिरहेका छन् ।
गुप्ताले आत्मसमर्पण गरेका कारण उनको २० प्रतिसत कैद र जरिवाना मिनाह हुने कानूनी प्रावधान रहेको छ । यसैवीच सर्वोच्च अदालतले गुप्तालाई सफाई दिने बिशेष अदालतका तीन न्यायाधिशलाई पनि कारबाही गर्न फैसलामा भनेको छ ।

प्रतिक्रिया