बैज्ञानीक ढंगले राज्य पुनर्संरचना गर्नुपर्छः राष्ट्रपति

काठमाडौं, ६ फागुन । राष्ट्रपति रामवरण यादवले राज्य पुनर्संरचना गर्दा बैज्ञानिक ढंगबाट गर्नुपर्ने सुझाव दिनुभएको छ ।
काभ्रेममा आज आयोजित कार्यक्रममा यादवले राज्य पुनर्संरचनाले मुलुकलाई सिंगो एकताका रुपमा राख्नुपर्ने बताउनुभयो । उहाँले पहिला हामी नेपाली र त्यसपछि मात्रै अरु भएकाले नेपालीको गौरव सिंगो राष्ट्र मात्र भएको पनि बताउनुभयो ।
उहाँले देशको बैज्ञानिक ढंगबाट आर्थिक, सामाजिक, भौगोलिक र संस्कृतिक महत्व बुझेर राष्ट्र सिंगो रहने रुपमा पुनर्संरचना हुनु पर्ने बताउनुभयो । नेपाली जनताको चाहना राष्ट्र सिंगो रुपमा रहनु पर्दछ भन्ने रहेको भन्दै राष्ट्रपति यादवले त्यसलाई ध्यानमा राखेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।
पार्टीका नेताहरुले बाहिर जथाभावी बोल्दै हिंडेकोमा असन्तुष्टी व्यक्त गर्दै राष्ट्रपति यादवले जथाभवी नबोल्न सुझाव समेत दिनुभएको छ ।

प्रतिक्रिया