काठमाडौं । युलेन्स स्कुलकी लक्ष्यता त्वानावासुले आफ्ना ८० जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘जुनियर ब्याटल–२०१५’ बनेकी छन् । मिडिया ल्यान्डद्वारा राजधानीमा आयोजित ‘जुनियर ब्याटल–२०१५’ प्रतियोगितामा लक्ष्यताले उपाधि चुमेकी हुन् । उनले ‘एल राउन्डर’ विधाको उपाधिसमेत हात पारिन् ।
प्रतियोगितामा ‘फस्ट रनरअप’ को उपाधि सिनियर माउन्ट स्कुलबाट नृत्य पोखरेलले र जुनियरतर्फबाट ‘फस्ट रनरअप’ को रुपिज इन्टरनेशनल स्कुलकी अश्लेशा जोशीले जितिन् । यस्तै ‘सेकेन्ड रनरअप’ को उपाधि सिनियरतर्फबाट उपाधि माउन्ट ग्लोरी स्कुलकी सौरभी भट्टले र जुनियरतर्फबाट रिलायन्स पब्लिक स्कुलका प्रखर खतिवडाले ‘सेकेन्ड रनरअप’ को उपाधि हात पारे ।
यस्तै जुनियर ब्याटलमा प्रतियोगीबीच विभिन्न प्रतियोगिता गरिएको थियो । अंग्रेजी अक्षर लेखन प्रतियोगितामा जुनियरतर्फ सगुन श्रेष्ठ प्रथम, सर्सिज श्रेष्ठ द्वितीय, श्रेय खड्का तृतीय तथा सिनियरतर्फ अशोक केसी प्रथम, नेहा श्रेष्ठ द्वितीय र आवास योञ्जन तृतीय भए । यस्तै नेपाली अक्षर लेखन प्रतियोगितामा जुनियरतर्फ राशिका न्यौपाने प्रथम, युनिका तिवारी द्वितीय, जेनी मानन्धर तृतीय एवं नेपाली अक्षर लेखन प्रतियोगितामा सिनियरतर्फ प्रिन्सिला बुढाप्रीथी प्रथम, श्रेया राई द्वितीय र प्रियंका गुरुङ तृतीय भए ।
दौड प्रतियोगिता ‘रनिङ ब्याटल’ मा जुनियर केटातर्फ रोनाष्ट आचार्य प्रथम, मन्दिप केसी, द्वितीय, दिवस खड्का तृतीय भए भने दौडमा जुनियर केटीतर्फबाट जस्टिन गुरुङ प्रथम, प्रीति सिटौला द्वितीय र एञ्जिला महर्जन तृतीय भए । दौड प्रतियोगिता ‘रनिङ ब्याटल’ मा सिनियर केटातर्फ आवाज योञ्जन प्रथम, राहुल जिसी द्वितीय र भेषराज बुढा तृतीय तथा सिनियर केटीतर्फ निर्जला कार्की प्रथम, प्रिन्सिला बुढाप्रीथी द्वितीय र रस्मिला श्रेष्ठ तृतीय भए ।
यस्तै खाना प्रतियोगिता (इटिङ ब्याटल) मा जुनियरबाट मन्दिप केसी र सिनियरबाट अर्जुन खत्री विजेता भए । प्रतियोगीहरूबीच कुस्ती (रेस्लिङ ब्याटल) भएको थियो । जसमा जुनियर केटातर्फ मन्दिप केसी विजेता र जुनियर केटीतर्फ जस्टिना गुरुङ विजेता भए । यस्तै कुस्ती (रेस्लिङ ब्याटल) मै सिनियरबाट केटातर्फ आवास योञ्जन विजेता र सिनियर केटीतर्फ सम्झना तामाङ विजेता भइन् ।
यस्तै ‘कन्फिडेन्ट किड’ को उपाधि रिया श्रेष्ठले, ‘स्टाइलिस्ट किड’ को उपाधि साहिरा रानामगरले जिते । ‘सेन्स अफ ह्युमर’ को उपाधि निश्चल रायमाझीले, ‘फोटोजेनिक’ उपाधि श्रेया बलमे, सामाजिक सेवा उपाधि दीक्षा गुरुङ र एञ्जिला जोशीले, ‘हेल्दी किड’ को उपाधि अश्लेषा जोशीले, ‘मोस्ट निट एण्ड क्लिन’ को उपाधि माधवी राणाले जितिन् । ‘मिस्टर च्याटर बक्स’ को उपाधि किरण आचार्यले, ‘मिस च्याटर बक्स’ को उपाधि कुसुम गिरीले, ‘मोस्ट क्रियटिभ’ को उपाधि प्रकाश खतिवडाले जिते ।
यस्तै ‘ट्यालेन्ट’ तर्फ निश्चल रायमाझी प्रथम, प्रकाश खतिवडा द्वितीय र लक्ष्यता त्वानावासु तृतीय भए भने ‘एक्टिभ किड’ को उपाधि अर्जुन थपलियाले, ‘क्युट स्माइल’ को उपाधि सिम्रन कँडेलले, ‘बेष्ट ड्रेस’ को उपाधि सुभागिनी श्रेष्ठ र शान्ति खड्काले प्राप्त गरे । यस्तै ‘मोस्ट फ्रेन्ड्ली’ को उपाधि जुनियरबाट रनिशा तामाङले र सिनियरबाट सौरभी भट्टले, ‘गेस्टी किड’ को उपाधि सन्जिता लामाले, ‘ह्याप्पी गो लक्की किड’ को उपाधि अलिसा पौडेलले, ‘हाई टेम्पर’ को उपाधि भेषराज बुढाले, ‘क्वीक किड’ को उपाधि युनिका गिरीले जिते ।
यस्तै ‘पावर किड’ को उपाधि सुमन श्रेष्ठले, ‘मोस्ट चार्मिङ’ उपाधि कृषांगी त्वानावासुले, ‘बेष्ट डिसिप्लेन’ उपाधि भूमि दारुकाले, ‘बेस्ट क्याटवाक’ उपाधि निलिमा पुनले, ‘मोस्ट पपुलर’ उपाधि दीक्षा गुरुङले, ‘क्युटेस्ट चाइल्ड’ उपाधि खुसी बरुवालले हासिल गरे । यो प्रतियोगितामा ‘मोस्ट इन्टेलीजेन्ट’ उपाधि नृत्या पोखरेलले, ‘मोस्ट इन्नोसेन्ट’ उपाधि इभा राईले र ‘स्पेशल किड’ को उपाधि गृष्मा खड्काले जिते । सर्वोत्कृष्ट अभिभावकको उपाधि लक्ष्यता त्वानावासुका अभिभावक र दीक्षा गुरुङका अभिभावक भए । प्रतियोगितामा विभिन्न २६ विद्यालयका ८१ जना बालबालिका सहभागी थिए ।
जुनियर ब्याटल २०१५ का निर्णायकमा हास्य कलाकार मनोज गजुरेल, पल्पसा डंगोल ‘चम्सुरी’, गायक निर्णय श्रेष्ठ, नृत्य निर्देशक सुमन सागर, सञ्चारकर्मी अशोक प्यासी राई, फेसन डिजाइनर विश्व गौतम, ब्युटिसियन सीता पाठक, प्रहरी नायव उपरीक्षक रमेश पराजुली र शिक्षासेवी कविता रेग्मी थिइन् । वार्षिक परीक्षा सकेर बसेका बालबालिकाहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि विगत चार वर्षदेखि आफूहरूले यो प्रतियोगिता आयोजना गर्दै आएको मिडिया ल्यान्डकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन् । (सौस)
प्रतिक्रिया