अवमूल्यन गरिएका इतिहास

jeetbahadurkc3काठमाडौं, ३ वैशाख । नेपाली खेलकु्दको इतिहासले ५० दशकभन्दा बढीको लामो यात्रा पार गरिसक्यो । यो लामो यात्राका अनगिन्ती दिनहरू मात्र सहभागितामा बिते । पदक र उपलब्धिका कथा नेपाली खेलकुदमा विरलै लेखिए ।

अझ एथलेटिक्स जस्तो ‘फदर अफ स्पोर्ट्स’ को रूपमा चिनिएको खेलको एसियाली स्पर्धामा । नेपालको वर्तमान यथार्थ हेर्दा त असम्भव नै जस्तो । अहिले सम्झिँदा पनि असम्भव जस्तो लाग्ने त्यो सफलता दिलाउने जितबहादुर केसीको चर्चा । जितबहादुर केसीले एसियन ट्रयाक एन्ड फिल्डमा जितेको पदक नै नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा जितेको पहिलो पदक हो ।

गरिबी नेपाली खेलकर्मीले चर्चा गर्ने विषय । जितबहादुर केसी पनि अति सम्पन्न परिवारका व्यक्ति थिएनन् । भनिन्छ, ‘हार्नेहरू कन्डिसनलाई कारण बनाउँछन् । जित्न जान्नेहरू कन्डिसनलाई उपयोग गर्छन् ।’ काठमाडौं सहरबाट करिब एक सय ५० किलोमिटर पूर्व दोलखा जिल्लाकोे पोगटी गाविसमा २००५ साल भदौ ४ गते पिता विर्खबहादुर र माता बन्दनाको कोखबाट अति सामान्य परिवारमा जितबहादुर जन्मिएका थिए ।

किसान परिवारका उनले बाल्यकाल पनि घाँसदाउरा काट्ने र गाईबस्तु चराउनेमै बिताए । यसरी गाउँबाट बेला–बेला सहरमा नूनतेल र सरसामान लिन सहर झर्ने गरेका उनलाई भने सहरको मनमोहले छोएको थियो । त्यसपछि उनी राजधानी भित्रिए ।

‘हरेकको सफलताको कथा उसको जीवनयापनको शैलीसँग जोडिएको हुन्छ’ खेलकुद र मानव जीवनको सबैभन्दा ठूलो सत्य । यातायातको सुविधा नभएको अवस्थामा उनीमा सहजै दूरी हिँडेरै पार गर्ने क्षमताको विकास भएको थियो । त्यही क्षमता नेपाली खेलकुदमा नयाँ इतिहास कोर्नका लागि मुख्य आधार बन्यो ।

काठमाडौंको मोह जागेका जितबहादुर २०२१ सालमा सेनामा भर्तीे भए । १३ वर्ष सेनाको जागिरे जीवनले रोजीरोटीको समस्या त टथ्र्यो । तर, उनमा दौडने दृढ संकल्प थियो । यसै कारण उनले एथलेटिक्सलाई नै आफ्नो जीवन ठाने । सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियन ट्रयाक एन्ड फिल्डमा कास्य जिते । त्यो पदक नेपाली खेलकुदको इतिहास बनेको छ । उनले दुई घन्टा २६ मिनेटमा दौड पूरा गरेका थिए ।

वि.सं. २०२८ सालमा वीरगञ्जमा आयोजित प्रथम राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जितेको स्वर्ण पदकसहित उनले राष्ट्रियस्तरका प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

सहभागिताको हकमा उनले फिलिपिन्स, थाइल्याण्ड, जर्मनी, इरान, दक्षिण कोरियालगायतका देशमा भएको प्रतियोगितामा सहभागिता जनाएका छन् । जितबहादुरले एसियाली खेलकुदका तीन संस्करणमा सहभागिता जनाएका छन् । उनले सन् १९७२ को म्युनिख ओलम्पिक र दुईवटा एसियन ट्रयाक एन्ड फिल्डमा पनि सहभागिता जनाए ।

नेपाली खेलकुदका यी मिथक व्यक्तित्व जितबहादुरका लागि सन् १९८० मा थाइल्याण्डको बैंककमा भएको आठौं एसियाली खेलकुद अन्तिम औपचारिक प्रतियोगिता बन्यो । यसपछि उनले खेलाडी जीवनबाट विश्राम लिए ।
६४ वर्र्षे जितबहादुरका लागि दरशथ रंगशालाको ट्रायक अहिले पनि जिन्दगीको महत्वपूर्ण पाटो बनेको छ । उनका लागि मक्का मन्दिर जे भने पनि ।

त्यहीँबाट हरेक दिनको कार्य शुभारम्भ हुन्छ । मार्केटिङमा चल्ने यो दु्नियाँमा यी ऐतिहासिक व्यक्तिको मूल्य राज्यले कति बुझ्यो थाहा छैन । तर, ट्रयाकमा जीवन खोज्नेका लागि अहिले पनि उनी आदर्शका पात्र हुन् । जागिरे जिम्मेवारी खेलकुदको सामान हेर्ने । तर, उनको मोह भने अझै ट्रयाकमै छ । ट्रायकमा हुने पछिल्ला प्स्तासँग जोडिएको काम भएकाले उनी रमाएकै छन् ।

अभ्यासका लागि १२ महिना पुग्ने सामग्रीहरू बक्सिङ, कराँते, तेक्वान्दोलगायतका सबै खेलका खेलाडीले प्रयोग गर्छन । ती सामग्रीको जिम्मा उनलाई नै दिइएको छ ।

बिनाजुत्ता दौडेर इतिहास रच्ने उनी गुनासो गर्छन्, ‘पछिल्लो पुस्ताको सुविधामा वृद्धि भयो । तर, नतिजामा भएन ।’ राज्य यो इतिहासमा मौन छ । त्यो मौनताका कारण उनीमा छाएको छ, एउटा निरासा । उनी भन्छन्, ‘ओलम्पिक खेलेका खेलाडीहरू नेपालमा करिब ५० जना जति छन् । तर, उनीहरूमध्ये केही दुई/चारजनाले राज्यबाट सुविधा पाए अरू हेरेको हे-यै रहे । सेवासुविधा त परै जाओस् बिरामी परेको बेलामा पनि वास्ता हुँदैन ।’

राज्यले दिलाएको यो निरासाका कारण उनले आफ्ना छोराछोरीलाई खेलकु्दमा लगाउन चाहेनन् । ५० को दशकभरि नेपालको ‘ए’ डिभिजन फुटबलमा छाएका मिडफिल्डर उनका छोरा राजेन्द्र केसी केही समय ब्वाइज युनियन क्लबका प्रशिक्षक भए पनि पछि नेपालमा रमाउन सकेनन् । हाल राजेन्द्र पनि अस्ट्रेलियामा छन् ।

प्रतिक्रिया