काठमाडैं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको ।
मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेको प्रहरीले जनाएको छ ।
सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो । गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीद्वारा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए छ ।
प्रतिक्रिया