मोटरसाइकल खसेर क्षती भएकाे फिदिमकाे पँधेरे कुवाको मूल मर्मत

पाँचथर । फिदिम नगरपालिका दुई पल्लोटार पँधेरे मूल बुधबार मर्मत गरिएको छ । गए राति मोटरसाइकल खसेर क्षती भएको मूल मर्मत गरिएकाे हाे । रातको करिब साढे ९ बजे मोटरसाइकल खसेको नजिकमा स्थानीय उपभोक्ताले सूचना दिएका थिए ।

मूल मर्मतकालागि ढुंगा, काठ, जस्ता पातालगायत श्रमदान गरि उपभोक्ताहरू निर्माणमा जुटेका हुन् । पानीको मुलमा वर्षातको समयमा फाेहाेर पानी पसेर खान नहुने भएकाले ब्यवस्थित मुल निर्माण हुन आवश्यक रहेको समाजसेवी छिरिङ वाइवा तामाङले बताए ।

पानी लिन उपभोक्ता, आसपास र टोल छेत्र र फिदिम बजारदेखि पानी लिन आउने भएकाले मुल निर्माण गर्न नगर तथा वडाले योजना बनाइ ध्यान दिनुपर्नेमा आदर्श बीच टोलका टोलविकास समितिका सदस्य बिरबहादुर पोमुले जाेड दिए ।

उक्त मुलदेखि तल रहेको हिटि कुवासमेत मर्मत गर्न पहल गरिएकाे भएपनि कार्यन्वयन नभएकोले पुन पहल गरिनुपर्ने टंकप्रसाद ओझाले बताए । अस्थायी रुपमा मर्मत गरिएको मुलको लागत उपभोक्ताले दामासाहीले ब्यहोरेका छन् ।

प्रतिक्रिया