दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला प्रहरी नियन्त्रणमा

झापा । दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुलालाई झापाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचिनगर नगरपालिका १५ बस्ने पुष्पलाल राजबंशीको छोरीको विवाहमा बेहुला डेविट चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गरेपछि शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बेहुलीका बुवा राजबंशीले बेहुलालाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दिएकपछि चौधरीलाई नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया