करोडपतिसँग डेटिङ

Parisलसएञ्जल्स । हलिउडकी चर्चित सामाजिक हस्ती तथा नायिका पेरिस हिल्टन हालका दिनमा एक करोडपति व्यवसायीसँग डेटिङमा रहेको खुलासा भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी स्पेनिस आइल्यान्ड फारमेंटेराको एक यात्रुबाहक जहाजमा थोमस ग्रास नामक एक व्यवसायीसँगै रोमान्स गरिरहेको अवस्थामा भेटिइएकी थिइन् । थोमस २० करोड डलर सम्पत्तिका मालिक हुन् ।
समाचारअनुसार यो नयाँ जोडी एक महिनादेखि डेटिङमा छ र उनीहरू यसमै रमाइरहेका छन् । उनीहरूको भेट कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भएको थियो ।
‘पेरिस निकै रोमाञ्चित छिन् किनकि उनले आफ्ना लागि उपयुक्त साथी भेटेकी छन् । निकै विनम्र स्वभाव भएका कारण पनि थोमसप्रति पेरिसको आकर्षण बढेको हो,’ समाचारमा उल्लेख गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया