पुग्यो परिवार

victoriaन्युयोर्क । फेसन डिजाइनर भिक्टोरिया बेकह्यामले आफ्नो परिवार पूरा भएको बताएकी छन् । पूर्वफुटबल खेलाडी डेभिड बेकह्यामकी श्रीमती भिक्टोरियाले अब परिवारको संख्या बढाउने कुनै योजना नरहेको खुलाएकी छन् । उनीहरूको चार सन्तान छन् ।
‘मेरो पहिले नै चार बच्चा छन्, मलाई लाग्छ हाम्रो परिवार अब पूरा भएको छ ।’ उनले भनेकी छन् । भिक्टोरियाले २०११ मा छोरी हर्पारलाई जन्म दिएकी थिइन् । छोरीकी आमा बन्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको उनले त्यस समयमा बताएकी थिइन् । उनका अनुसार चिकित्सकले उनलाई चौथोपटक मात्र छोरा जन्म हुने बताएका थिए । भिक्टोरियाले आफ्नो छोरी ‘टम ब्वाई’ जस्तै भएकाले पिताको जस्तै फुटबल मनपराउने गरेको खुलाइन् । (एजेन्सी)

प्रतिक्रिया