भारतीय क्रिकेट खेलाडीको निधन

ankitकाठडमाडौं । मित्रराष्ट्र भारतको बंगाल अन्डर १९ का पूर्वकप्तान अंकित केसरीको क्रिकेटको मैदानमा निधन भएको छ । अंकित कलकत्तामा भएको क्लबस्तरीय खेलमाका क्रममा बल क्याच गर्ने क्रममा घाइते भएका थिए ।

घाइते भएपश्चात् उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा डाक्टरले उनको हृदय घातका कारण निधन बताए ।
तर, अंकित पिताले भने उनको निधन डाक्टरको लापरबाहीका कारण भएको आरोप लगाएका छन् । बंगालका पूर्वकप्तानसमेत रहेका २० वर्षीय अंकित अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरका थिए ।
उनको निधनप्रति विश्वका महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकरलगायत भारतका राजनीतिज्ञले शोक प्रकट गरेका छन् ।

प्रतिक्रिया