
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।पदभार गर्दै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेका हुन् । उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझै बलियो बनाउने बताएका छन्। मन्त्री गुरुङले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोल्ने बताए ।
साथै गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्न कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदलले मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन दिने उनको भनाइ थियो ।
गृहमन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सेन्सिटिभ इन्फर्मेसन भिजलेन्ट टिम गर्ने गृहमन्त्रीको अर्को निर्णय छ । यस्तै, उनले नेपाल प्रहरी अन्तरगत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिइने बताए ।
गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टीकृत समूह गठन गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया