
काठमाडौं । सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका सुधन गुरुङ पुन: गृहमन्त्रीमा फर्किने भएका छन् । सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई पुन: गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।
स्रोतका अनुसार आजै ३ बजे शपथ हुने छ । शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।
गुरुङको सम्पत्तिबारे अध्ययन गर्न बनेकाे छानबिन समितिले २२ जेठमा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको प्रतिवेदनमा सांसद गुरुङको कुनै ठूलो गल्ती–कमजोरी नरहेको औंल्याएको छ । बरु सिस्टममा देखिएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयहरू औंल्याएर प्रतिवेदन तयार गरिएको छ ।
प्रतिक्रिया