अध्यक्ष प्रचण्डले बोलाए पार्टी पदाधिकारीको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले बोलाएको पदाधिकारी बैठक दिउँसो १ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्ने र अब मध्यपहाडी लोकमार्ग केन्द्रित अभियात तय गर्नेबारे छलफल हुने उनको भनाइ छ ।

गत पुस तेस्रो साता बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र काठमाडौं उपत्यका केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया