अभिनेत्री दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डर

काठमाडौं । अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेस्डर बनेकी छन् ।
आइतबार आयोजित एक कार्यक्रमबीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएकी हुन् । अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नवराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी सम्झौता सम्पन्न भएको छ ।

प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै आएको छ । विगत ७ वर्षदेखि शैक्षिक विधामा काम गर्दै आएको प्रोफाइलले अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, डेनमार्क, न्यूजल्याण्ड, फिनल्याण्ड र यूरोपलगायत अन्य देशहरूमा उच्च शिक्षा लिन जान चाहनने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिँदै भिषासम्बन्धी सम्पूर्ण काम गर्दै आइरहेको छ ।

ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त भएपछि अभिनेत्री रायमाझीले आफू पुरानो र प्रतिष्ठित संस्थासँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । ‘ शैक्षिक विधामा आफूले जानेको ज्ञान र अनुभव विद्यार्थीहरूसंग बाँड्ने छु, साथै विद्यार्थीहरूसँग सहकार्य गर्ने छु, ‘ रायमाझीले भनिन् ।

प्रतिक्रिया