पाँच दिनदेखि बेपत्ता गोरखाका युवक मृत भेटिए

तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवक मृत फेला परेका छन् । आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी नदीमा आज ती युवक मृत फेला परेका हुन ।

मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

एक्लेफाँटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता भएका थिए । शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया