चीनबाट पोखरा आयो सिचुवान एयरलायन्सको विमान

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छेन्दुबाट आएको सिचुवान एयरलायन्सको विमान अवतरण भएको छ । यही विमानले आज पोखराबाट छेन्दुका लागि पहिलो व्यवसायिक चाटर्ड उडान गर्ने बताइएको छ ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदुतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको हो ।– तस्विर रासस

प्रतिक्रिया