काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा ‘वाडा अटो सो’ आयोजना हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) नाडाको संस्थागत सदस्य हो । वाडाका नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले पोखरामा पहिलोपटक ‘वाडा अटो सो’ आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगका लागि नाडा अध्यक्ष करण चौधरीसँग औपचारिक रूपमा आग्रह गरेका थिए ।
‘वाडा अटो सो’ आगामी १३ देखि १७ चैतसम्म पोखरामा हुनेछ । यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिपोर्टको आधारमा अन्य कार्यहरूलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने भएको छ ।
प्रतिक्रिया