काठमाडौं । पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीविरुद्ध योग्यता विवादसम्बन्धीको रिट खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको गरिदिएसँगै उनको सांंसद पद जोगिएको छ ।
सर्वोच्चको संवैधानिक इजलासले निर्णय सुनाउँदै रिट खारेज गरिदिएको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले बुधबार यो निर्णय सुनाएको हो ।
निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्चमा यो विवाद ल्याएको भन्दै संवैधानिक इजलासले रिट खारेज गरिदिएको सर्वोच्चले जनाएको छ ।
प्रतिक्रिया