काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार पोखरामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेका छ । साधारण सभाबाट जीपी राजबहाक एन्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया