काठमाडौंदेखि पोखरासम्म शुभ अधिकारी ट्राभल्सको सुविधासहित बस सञ्चालन हुँदै

काठमाडौं । शुभ अधिकारी ट्राभल्सले काठमाडौंदेखि पोखरासम्म बस सेवा सञ्चालन गर्ने भएको छ । राजधानीको साँखुदेखि पोखराका लागि सुविधासम्पन्न बस सेवा सुरु गर्न लागेको सो ट्राभल्सका उमेश खड्काले जानकारी दिए ।

धार्मिक आस्थाको केन्द्र बनेको साँखुमा पौष सुक्ल पुर्णिामादेखि एक महिनासम्म लाग्ने माधवनारायण मेलालाई मध्य नजर गर्दै सहजरूपमा स्वस्थानी व्रत माता र लावण्य देश (हाल साँखु) को बस सेवा सञ्चालन गर्न लागेको उनले बताए ।

सो ट्राभल्स प्रालिले काठमाडौंदेखि पोखरासम्म लक्जरियस बस सेवा, आरामदायी सोफा, खाजाको सुविधासहित बसमा ब्लांकेट तथा एसीसहित चार्ज गर्ने व्यवस्था, वाइफाइसहितको सुविधासम्पन्न बस सञ्चालन गर्न लागेको खड्काले बताए ।

सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको शुभ अधिकारी ट्राभल्सले अत्याधुनिक सुविधासम्पन्न बसमा लगानी विस्तार गरिरहेको उनको भनाई छ ।

रू १२ सय रुपैयाँ भाडादरमा ‘भिआइपी’ बसमा यात्रु गर्ने अवसर ग्राहकले प्राप्त गर्ने सञ्चालक सज्जन अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार पोखराको जिरो किलोमीटरबाट छुट्ने बस लेकसाइड, मुस्ताङचोक, पृथ्वीचोक हुँदै काठमाडौंका लागि प्रस्थान गर्नेछ । यात्रुले ई–सेवालगायत अनलाइनबाट पनि बसको टिकट बुकिङ गर्न सक्ने जनाइएको छ ।

प्रालिले पोखरा काठमाडौंका लागि दैनिक र रात्रिकालीन सेवामा बस सञ्चालन गरिरहेको अधिकारीले जानकारी दिए । बिहान ६ः३० बजे र साँझ ६ः३० बजे काठमाडौंको साँखुबाट बस पोखराको लागि छुट्ने छ ।

प्रतिक्रिया