काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गरेका छन् ।
नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ ।
सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया