काठमाडौं । विभिन्न जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरिएको छ । सरकारले विभिन्न जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण आजै हुने बताइएको छ ।
गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबण्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् ।
गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् ।
जुम्लामा भने नियुक्ति भइसकेको नाम आउनमात्र बाँकी छ । ७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७–३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।
यस्तो छ अध्यक्षहरुको सूची
प्रतिक्रिया