राप्रपाको चियापनमा प्रधानमन्त्री ओलीसहित को–को नेता गए ?
सौर्य अनलाइन२०८१ पुष २७ गते १७:४५ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन् ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गरेका थिए । यसै अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा आज अपराह्न यहाँ आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए ।
प्रधानमन्त्री ओलीलाई उक्त पार्टीका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए । राप्रपाको यस कार्यक्रममा अन्य उच्च नेताहरुको पनि सहभागीता रहेको थियो ।
अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सांसद रामहरि खतिवडालगायत शीर्ष नेताहरुको राप्रपाको चियापानमा सहभागीता रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा सहभागी हुँदै । तस्बिर राससप्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा सहभागी हुँदै । गृहमन्त्री रमेश लेखकलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । गायक रामकृष्ण ढकाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा नृत्य प्रस्तुत गर्दै कलाकार ।
प्रतिक्रिया