रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति भएको छ ।

सहकारी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप चारदिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार अदालतमा उपस्थित गराएको थियो । गत कार्तिक २ गतेदेखि लामिछाने हिरासतमा छन् ।

यसबीचमा उनीसँग सूर्यदर्शन सहकारी ठगीसँगै बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि बयान लिइएको छ । अब सानो पाइला सहकारीको ठगीमा अनुसन्धान गर्न पर्सा लैजाने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया