धनगढीका मेयर हमाललाई मस्तिष्कघात

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) लाई मस्तिष्कघात भएपछि थप उपचारका लागि नयाँदिल्ली लगिएको छ । बिरामी भएपछि उनलाई शुक्रबार राति नै धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

तर, त्यहाँ उपचार सम्भव नरहेको र थप उपचारका लागि दिल्ली रेफर गरिएपछि उनलाई दिल्ली लगिएको मेयरको सचिवालयले जनाएको छ । शुक्रबार रातिदेखि नै आइसियुमा राखेर न्युरोलोजिस्ट डाक्टर हरि पौडेलको टिमले उपचार गरेको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदका अनुसार मेयर हमाललाई मस्तिष्कको पक्षघात अर्थात् स्ट्रोकको समस्या देखिएको हो ।

उक्त रोगको उपचार नेपालमा सम्भव नभएपछि दिल्ली रेफर गरिएको उनले जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको बताइएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया