काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले मंसिर २४ गते बिहान ९ बजे बैठक बोलाएका हुन् ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठक सभापति देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव पौडेलले बताएका छन् ।
प्रतिक्रिया