मुगु । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मुगुको प्रसिद्ध भीई गुरा देवको मन्दिर शिलान्यस गरेका छन् । जिल्ला भ्रमणको सिलसिलामा बुधबार दुर्गम बस्ती भीई गाउँ पुगेर मन्त्री शाहीले प्रसिद्ध गुरा देउताको मन्दिर शिलान्यास गरेका हुन् ।
प्राचिन धार्मिक पौराणीक ऐतिहासिक महत्व रहेको गुरा देउता मन्दिर अब आधुनिक कलात्मक शैलीमा निर्माण कार्य अघि बढाउन मन्त्री शाहीले धामी डन्ग्री र स्थानीयलाई सुझाव दिएका छन् । करिब १३औँ शताब्दी अघिको उक्त मन्दिर जीर्ण हुँदै गएपछि वनमन्त्रीको पहलमा यो चालु आर्थिक बर्षमा संघीय सरकारबाट १ करोडभन्दा बढी बजेट बिनियोजन गर्न लगाएपछि मन्दिर जिर्णोद्वारको काम अघि बढेको हो ।
संस्कृतिक पर्यटन मन्त्रालयको ९० लाख र शहरी विकास मन्त्रालयको ५० लाख गरी १ करोड ४० लाखमा मन्दिर निर्माण हुने भएको हो । मन्दिरको आवश्यकता अनुसार रकम अपुग भए त्यसको पनि व्यवस्थापन गरी गुरा देउताको मन्दिर निर्माण गरिने मन्त्री शाहिले बताए ।
धेरै समयपछि गुरा देउताको मन्दिर जिर्णेद्वार हुन थालेपछि भीई गाउँका धामी डान्ग्री र सर्वसाधारण स्थानीय खुशी भएका छन् । सीमित भीई गाउँका स्थानीय मात्र नभएर गुरा देउताप्रति आस्थावान् स्थानीयको मनमा खुशी छाएको छ । धेरै वर्षपछि गुरा देउताको मन्दिर जिर्णोद्वार हुन लागेको सोरु गाउँपालिका– ३ भीई गाउँका वडाध्यक्ष सिंहबहादुर धामीको भनाइ छ ।
१३औँ शताब्दी अघिको गुरा देउताको मन्दिर डिपीआर बमोजिम कलात्मक तरिकाले निर्माण गरिने बताइएको छ । हरेक वर्षको भदौदेखि असोज महिनाभित्र पर्ने नवमी मेलामा विभिन्न जिल्ला गाउँबस्तीबाट भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
चिताएको वर प्राप्त हुन्छ भन्ने हेतुले टाढा–टाढाबाट भक्तजनहरु नवमी मेलामा बोका भृटीघण्ट अक्षेता बोकेर दर्शन गर्न आउने गरेका छन् । मन्दिर शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्की, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीको सहभागी भएका थिए ।
मुगु
प्रतिक्रिया