इभीब्रान्ड दिपल सोनु निगम कन्सर्टको मुख्य प्रायोजक

काठमाडौँ । विद्युतीय सवारीसाधन (इभी) ब्रान्ड दिपलले बलिउड गायक सोनु निगमको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको छ । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात गर्दै दिपलले आउँदो पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो ।

नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको दिपल हालसम्म ६५० भन्दा बढी विक्री भएको बताइएको छ ।

प्रतिक्रिया