काठमाडौँ । फोटन नेपालले माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा सार्वजनिक गरेको छ । एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया लगायतको उपस्थितिमा फोटनको माउन्टेन ईभी सार्वजनिक गरिएको हो ।
नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३ दशमलव ५८ किलोवाट ब्याट्री समावेस गरेको छ । जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ रेन्जको दिन्छ । साथै, यसमा १३० किलोवाट अधिकतम पावर, ३३० अधिकतम टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ । नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ । माउन्टेन ईभी १४ देखि १६ सिट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रूफको सुविधा छ ।
एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरियाले यो एक नवीनतम विद्युतीय सवारी साधन भएको बताए । एमएडब्लू वृद्धि समूहका सिइओ तुषार गुप्ताले फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रूपमा बिक्री भएको १ लाखभन्दा बढी व्यावसायिक सवारी साधनहरूको रूपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको बताए ।
प्रतिक्रिया