इन्ड्राइभको ‘इन्ड्राइभ कम्फर्ट’ सार्वजनिक

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले नेपालमा ‘इन्ड्राइभ कम्फर्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै इन्ड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा सुरु गरेको घोषणा गरेको हो ।

सवारीको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू र थप ठाउँसहितको प्रिमियम सवारी साधनहरूमा पहुँच प्रदान गर्ने कम्पनीको दाबी छ । इन्ड्राइभ दक्षिण एशियाका वरिष्ठ मार्केटिङ प्रबन्धक अविक कर्माकरले ग्राहकहरूको आवश्यकता पूरा गर्न सवारी विकल्पहरू प्रदान गर्न समर्पित रहेको बताए ।

प्रतिक्रिया