उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त (नामावलीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले आजदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ३२ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो ।

मंसिर १६ गते स्थानीय तहका विभिन्न ४४ पदमा निर्वाचन हुँदैछ । आयोगको निर्वाचन कार्यतालिका अनुसार आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त भएका हुन् ।

उपनिर्वाचनको निर्धारित कार्यतालिका अनुसार कार्तिक ३० गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले सम्बन्धीत स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी काम अगाडि बढाउने छन् ।

यस्तो छ अधिकृत र अधिकृतहरूको नामावली

प्रतिक्रिया