नयाँ दिल्ली । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय आफ्नो फिल्म जिगरालाई लिएर चर्चामा छिन् । जिग्रा फिल्ममा आलियाको अभिनयलाई उनका फ्यानले निकै मन पराएका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले पनि आलियाको अभिनय निकै रुचाएकी छन् ।
आलियाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा प्रतिक्रिया दिँदै लेखेकी छिन्, ‘धेरै धेरै धन्यवाद स्याम । सामन्था रुथ प्रभुले आफ्नो इन्स्टाग्राम स्टोरीमा जिग्राको पोस्टर पोस्ट गरेकी थिइन् । पोस्टरसँगै उनले आलिया भट्टको अभिनयको प्रशंसा गर्दै उनलाई ‘बघिनी’ भनेकी थिइन् । पोस्टमा उनले निर्देशक बासन बाला र अभिनेता वेदाङ्ग रैनाको पनि प्रशंसा गरेकी थिइन् । उनले लेखेकी छिन्, ‘तिमी बघिनी हौ ! यति भावुक र जीवनले भरिएको प्रदर्शन ग¥यौ कि मैले तिमीबाट आँखा हटाउन सकिन ! तिमीले यस्तो साहसी काम गरेका छौ । तिमीले आफ्नालागि सेट गरेको मापदण्डले साँच्चै धेरैलाई प्रेरणा दिनेछ ।’ सामन्था रुथ प्रभुले जिग्रामा दिएको प्रतिक्रियामा आलिया भट्टले प्रतिक्रिया दिँदै धन्यवाद भनेकी छन् ।
आलियाको बहुप्रतिक्षित फिल्म जिगराले चौथो दिन पनि बक्स अफिसमा निराशाजनक गिरावटको सामना गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार ओपनिङ विकेन्डपछि पहिलो सोमबार फिल्मको कलेक्सन ६० प्रतिशतले घटेको छ । स्याकनिल्कको अनुसार फिल्मले उक्त दिन केवल डेढ करोड भारु कमाउन सफल भयो । ११ अक्टोबरमा रिलिज भएदेखि यसको कुल कलेक्सन १८ दशमलव १० करोड पुगेको छ जसमा पहिलो दिन ४दशमलव ५५ करोड, शनिबार ६ दशमलव ५५ करोड र आइतबार ५ दशमलव ५ करोड रुपैयाँ समावेश छ ।
कामको कुरा गर्ने हो भने, आलिया भट्ट छिट्टै फिल्म ‘अल्फा’मा देखिनेछिन् । यसमा उनी शर्वरीसँग स्क्रिन सेयर गर्नेछिन् । सामन्था एक्सन वेब सिरिज ‘सिटाडेल : हनी बन्नी’मा आउँदै छिन्, जसमा उनी वरुण धवनसँग देखिनेछिन् ।
प्रतिक्रिया