सैनिक एकल महिला, घाइते परिवार संघद्वारा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

काठमाडौं । सैनिक एकल महिला, घाइते परिवार संघले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स‌त्मरःणकालीन न्यायसम्बन्धी कानुन जारी भएकोमा स्वागत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा संघकी अध्यक्ष शोभा बिसीसहितले आफूहरुले न्याय पाउने आशा व्यक्त गरे ।

नेपाली सेनामा कार्यरत सुरेन्द्र विसीको सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सन्धिखर्कमा २०५९ भदौ २३ गते तीजको दर खाने दिन हत्या गरिएको थियो ।

उक्त दिनको सम्झाना गर्दै संघका पदाधिकारीहरुले प्रधानमन्त्री ओलीलाई भेटेर द्वन्द्वकालीन मुद्दालाई निष्पक्ष र न्यायपूर्ण ढंगले पीडित मैत्रीपूर्ण ढंगबाट कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया