
काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल ५० हजार धरौटीमा छुटेका छन् । आइतबार विशेष अदालतले अर्याललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
भ्रष्टाचार मुद्दाका अभियुक्त अर्याललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई धरौटीमा रिहा हुने आदेश दिएको हो । उनीसँग ५० हजार रूपैयाँ धरौटी माग गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तः शुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरेको आरोपमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया