आमाको हत्या गरी फरार भएका छोरा आफैँ प्रहरीसमक्ष हाजीर

रौतहट । आफ्नै आमाको हत्या गरी फरार भएका छोरा एक महिनापछि जिल्ला प्रहरी कार्यालय ररौतहटमा आफैँ हाजीर भएका छन् । जिल्लाको राजदेवी नगरपालिका– १ पथरा टोल निवासी फरार प्रतिवादी मनोजकुमार साह प्रहरीसमक्ष आफै हाजिर भएका हुन् ।

पक्राउ परेका उनी दाजु–भाईबीच अंशबन्डाको विषयलाई लिएर विवाद हुँदा आमा ६९ वर्षीया राधादेवी साहलाई २०८१ जेठ ५ गते घरकोठाभित्र टाउकोमा सिलौटाको लोहोरोले प्रहार गरी हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आमाको हत्या गरी फरार भएका साहलाई खोजतलास गर्ने क्रममा निजकी श्रीमती, आफन्त तथा परिवारका सदस्यमार्फत सम्पर्क गरी फरार रहेको अवस्थाको जोखिम तथा हाजिर भई अनुसन्धानमा सहयोग गरे पछिको अवस्था बारेमा कानुनी परामर्श दिएपश्चात् साह आफै हाजिर भएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।

आमालाई कर्तव्य गरी मारेको घटनामा प्रहरीको कानुनी राय सल्लाह तथा सुझाव मानेर आफैँ अनुसन्धानको लागि हाजीर हुने व्यक्ति साह पहिलो रहेको प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए । प्रहरीसमक्ष हाजीर भएका साहलाई नियन्ज्ञणमा लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया