राजविराज । धर्मीहल्फा महिला विकास क्लब लालापट्टी सप्तरीद्वारा सप्तरीको विष्णुपुर गाउँपालिका–१ थलहीका एक अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । स्थानीय अग्निपीडित हलिमा खातुनको परिवारलाई शुक्रबार क्लबद्वारा राहत वितरण गरेको हो ।
संस्थाको तर्फबाट संस्थाको अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले सहयोग स्वरूप त्रिपाल, भाँडाकँुडा, म्याट्रेस, बाल्टिन, मग लगायतका सामग्रीहरू पीडित परिवारलाई प्रदान गरे ।
उक्त अवसरमा विष्णुपुर–१ का वडा अध्यक्ष बलराम यादव, मदरसा फैजुल इस्लामिया थलहीका प्रधानाध्यापक मो.शाहजंहा, मो.सुलतान लगायतका स्थानीयहरूको समेत उपस्थिति थियो ।
गत असार १९ गते आगलागी हुँदा ३ वटा घर, ६ थान बाख्रा, १ वटा गाई, खाद्यान्न, लुगाफाटा, मोटरसाइकल सहितका सामानहरू जलेर अनुमानित १३ लाखभन्दा बढीको क्षति भएको थियो ।
प्रतिक्रिया