रौतहट । रौतहटकोको परोहा नगरपालिका– ८ बसीर चोकबाट सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट अवैधरुपमा नेपालमा ल्याउँदै गरेको कुखुराको चल्ला बरामद गरेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर हजमीनियाको टोलीले नियन्त्रणमा लिएको हो ।
भारतबाट बिआर ०५ एम (BR05M) ५११७ नम्बरको प्लाटिना मोटरसाइकल र साइकलमा ल्याउँदै गरेको १ लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० वटा बोइलर कुखुराको चल्ला बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईले जानकारी दिए ।
बरामद गरिएको कुखुराको चल्ला जिल्ला कुखुरा व्यवसायी किसान संघ तथा स्थानीयहरुको रोहवरमा नष्ट गरिएको र मोटरसाइकल कारबाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै ४ हजार ३८० वटा सुन्तलाको बिरुवासहित बरामद भएको प्र २–०३–००१ च–४६७५ नम्बरको पिकअप कारबाहीको लागि भन्सार कार्यालय बुझाइएको छ । सो बिरुवाको १ लाख ३१ हजार ४०० र पिक अप गाडीको १० लाख मूल्यांकन गरी कारबाहीको लागि बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटले जनाएको छ ।
रौतहट
प्रतिक्रिया