जनकपुरधाम । महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका–२ बखरी टोलका ३० वर्षीय आशिषकुमार कंठ छन् ।
गत जेठ २८ गते गौशाला नगरपालिका–५ मरहा खोलामा साँझ साढे ५ बजे वडा–११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटनामा महतो घाइते भएका थिए । घटनास्थलबाट २ वटा गोली र २ वटा गोलीको खोका बरामद भएको थियो । दुबैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । दुबैजना जेलाबाट छुटेका साथी रहेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।
दुबै जना १. प्र.२–००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरूबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।
घटना पश्चात् शशिशंकर कापर र आशिषले लगाएको कपडा पहिचान लुकाउनका लागि महोत्तरी पिपरा गाउँपालिका–६ रतौलीस्थित खेत्तमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ ।
पक्राउ परेका शशीसंकर कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित कैद भएकोमा १० वर्ष कैद भुक्तान गरी जलेश्वर कारागारबाट ५ भदौ २०७९ मा रिहा भएको छ ।
आशिष भने चोरी तथा डाँका मुद्दामा ३० महिना कैद सजाय भुक्तान गरी जलेश्वर कारागारबाट ७ फागुन २०७९ मा रिहा भएका थिए । शशीशंकर र आशिषसहित लुटपाटका विभिन्न अपराधिक घटनामा संलग्न यसै गिरोहका अन्य ३ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
प्रतिक्रिया