‘नयाँ चरणको आर्थिक सुधार जरुरी’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिबद्धता जनाए । तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए ।

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको उल्लेख गरे । स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपाली स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए ।

‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं । तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौँ । संविधानले त्यो दिशा निर्देश गरिसकेको छ । त्यो हामीले अहिले प्रस्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दै छौँ,’ उनले भने ।

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भए पनि नीतिहरूको निरन्तरता हुन आवश्यक रहेको बताए । सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रस्तुत गर्ने बताए ।

प्रतिक्रिया